site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
अझै तीन दिन पानी पर्ने, भोलि कहाँ होला वर्षा ?
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभावले आज काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज विशेष गरी कोसी, मधेस र वाग्मती प्रदेशमा वर्षा भएको छ । महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले आज कोसी, मधेस र वाग्मती प्रदेशका धेरै स्थानमा तथा लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा वर्षा भएको जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

उले आगामी तीन दिनसम्म वर्षाको सम्भावना रहेको पनि बताए । “आज काठमाडौंमा  दिनभर नै वर्षा भएको छ, आगामी तीन दिनसम्म उल्लेख्यरूपमा मौसममा सुधार हुने देखिँदैन । तर, आजको जस्तो झरी हुँदैन । तीन दिनपछि पनि नयाँ मौसमी प्रणाली भित्रिने भएकाले वर्षाको सम्भावना छ ।’’

मौसमविद् अधिकारीले बिहीबार कोसी र मधेस प्रदेशमा हुरीसहित वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरे । उनका अनुसार आज राति पनि देशका विभिन्न स्थानमा वर्षा हुनेछ भने तुलनात्मकरूपमा भोलि बिहीबार कम वर्षा हुनेछ ।

Global Ime bank

महाशाखाको पछिल्लो विवरणमा आज काठमाडौंमा ९.८ मिलिमिटर वर्षा भएको छ । सबैभन्दा धेरै जनकपुरमा १५ मिलिमिटर वर्षा रेकर्ड भएको छ । यस्तै सिमरा र ओखलढुंगामा समान १० मिलिमिटर तथा ताप्लेजुङमा ८.५, धनकुटा र जनकपुरमा पनि समान ५ मिलिमिटर वर्षा भएको महाशाखाले उल्लेख गरेको छ ।

महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा हाल नेपालमा पश्चिमीन्यून चापीय प्रणाली तथा भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जसका कारण अहिले  कोसी, मधेस र वाग्मती प्रदेशका थोरै स्थानमा मेघगर्जन तथा चट्याङ्सहित  छिटपुटदेखि हल्का वर्षा तथा गण्डकी प्रदेशको एक–दुई स्थानमा छिटपुट वर्षा भइरहेको छ । ती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात भइरहेको छ ।

आज राति कोसी, मधेस र वाग्मती प्रदेशका केही स्थानमा, गण्डकी प्रदेशका थोरै स्थानमा तथा लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  २३:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement