site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
अर्थमन्त्रीलाई महतको चुनौती– अन्तर्राष्ट्रिय विश्वास कायम राख्नुहोला 

काठमाडौं । पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले हौसिएर बजेटको आकार बढाउनेभन्दा वास्तविकतामा बजेटकेन्द्रित गर्न सुझाव दिएका छन् ।

आफू अर्थमन्त्री हुँदा प्रस्तुत गरेको बजेटको सिद्धान्त र प्राथमिकतामाथिको छलफलको अन्तिम वक्ताका रूपमा बोलेका पूर्वअर्थमन्त्री महतले वितरणमुखी बजेट, दोहोरो हुनेगरी सामाजिक सुरक्षाका कार्यक्रम र वैदेशिक ऋणको शिकार हुनबाट देशलाई बचाउन आफूले बजेटका सिद्धान्त र प्राथमिकतालाई निरन्तरता दिन सुझाव दिएका छन् । 

“धेरै मेहेनतपछि अर्थतन्त्रको जुन धरातल निर्माण भएको छ । आफ्नो अर्को नभनी, रात दिन नभनी निर्माण भएको यो धरालत कायम राख्नुभयो भने हाम्रो पालो आयो,” पूर्वअर्थमन्त्री महतले भने, “भारतमा दुई प्रतिशतभन्दा कम आर्थिक वृद्धि थियो । पश्चिमाहरूले व्यांग्य गर्थे हिन्दु ग्रोथ अफ इकोनोमिक रेट । आज हिन्दु नै पपुलेसन नै छ, तर आकर्षक आर्थिक वृद्धिको अवस्था छ ।”

राज्यको दायित्व बढिरहेको भन्दै बजेट प्राथमिकीकरणमा चुके भोलिका दिन दुखद आउने उनले चेतावनी दिए । “यस वर्ष तीन खर्ब, अर्को वर्ष चार खर्ब ३५ अर्ब  ऋणको दायित्व बढिरहेको छ । ७५३ पालिका र सात प्रदेशलाई दिँदै आएको सहयोग दिनैपर्छ,” डा. महतले भने, “सामाजिक सुरक्षामा रहेको दोहोरो पन नहटाउने र चाहिने र नचाहिनेलाई दिँदैछौँ । त्यसलाई पनि सुधार नगर्ने हो भने हामीसँग कति स्रोत बाँकी रहन्छ ?”

महतले सांसदहरूका माग बढिरहेको भन्दै त्यसको सम्बोधनको आधार के हुन्छ भन्दै अर्थमन्त्रीलाई प्रश्न गरे । “एउटा बिल्डिङ बनाउन सात/आठ अर्ब लगानी गर्ने, विनियोजन नै नगरिकन ठूलठूला ठेक्का लगाउने र निश्चित ठेकेदारले मात्र भाग लिने र ठेकेदारबीच भागवन्डा हुने,” अर्थमन्त्री महतले बजेटका विकृति प्रस्तुत गर्दै भने, “९९ दशमलव ९९ प्रतिशत बिड गर्ने । त्यति ठूलो फाइदाका वितरण कहाँ कहाँ पुग्ने होला ।” 

उनले आफूले बजेटरी सुधारका लागि गरेको कामबाट गठबन्धन प्रतिपक्षका नेताहरू बिच्किएको टिप्पणी गरे । “मैले चार गुणभन्दा बढी बजेट नराख्ने नियमको स्ट्रिकली पालना गरे । अस्वभाविक आकारको बजेट बनाउने कुरा हुनु हुँदैन भनेर सिद्धान्त र प्राथमिकतामा राखेका थिए,” डा. महतले भने, “यो सिद्धान्त बेठिक छ ? तपाईंहरू यसका प्राथमिककीकरण विपरीत हिँडाउन चाहनुहुन्छ ? हिँडाउनुस् ।”

उनले आफ्नो अर्को नभनी देशको हित हरेको भन्दै त्यसलाई गलत व्याख्या गरिएको पनि गुनासो सुनाए । “मैले मेरो पार्टी हेरिन, अरु पार्टीलाई पनि हेरिन, जुन कुरा तपाईंहरूलाई स्वीकार्य भएन,” महतले भने, “लगानी सम्मेलनमा धेरै ठूलो लगानी भित्र्याउन अन्तर्राष्ट्रिय विश्वास प्राप्त गरेका थिए । विश्व बैंकको अहिलेसम्मकै ठूलो अन्तर्राष्ट्रिय सम्मेलन हुँदै थियो । त्यो विश्वास कायम गर्नुस्, तपाईंले त्यो सम्मेलन सफल पार्नुहोस् शुभकामना ।” 

अहिले अर्थमन्त्रीसहित गठबन्धनले उत्पादन बढाउने कुरा गरेको भन्दै विगतका कागजी उत्पादनले देशलाई थप समस्यामा लैजाने ठोकुरा गरे । “कागजमा लगानी, कागजमै उत्पादनको सिस्टम अन्त्य गर्ने प्रयास गरेका थिए । पहिलेकै निरन्तरता दिनुभयो भने उद्यमशीलताका लागि छुट्टाएको रकम तपाईंका नजिकका व्यक्तिमा त पुग्ला, त्यसले गुणात्मक सुधार आउँदैन,” महतले भने, “न्यूनतम ब्याज नतोक्ने हो भने कागजी उद्यमीले बजेट लैजान्छन् । मैले त्यो कुरा बुझाउन सकिन ।”

उनले करोड बजेट राखेर अर्बको बजेटको ठेक्का लगाउने गलत अभ्यास कायम राख्न आफूमाथि दबाब आएको बताए । “पाँच करोड बजेट राख्ने, अर्बौको बहुववर्षीय ठेक्का । अर्को वर्ष विनियोजन नै छैन । नियमअनुसार मिल्दै मिल्दैन । ठेकेदारले भुक्तानी भएनन् भन्दै हुनुहन्छ । विनियोजन नै छैन भुक्तानी गरौैँ म अनियमिततामा तानिँदा तपाईंहरूले ताली बजाउने मात्रै हो । त्यो मिल्ने कुरा नै होइन,” महतले भने, “विधिअनुसार गरौँ भन्यो, गठबन्धनका नेतामा पुग्ने र पावर लगाउने, त्यसपछि पनि भएन, अनि भने अर्थमन्त्रीले बर्बाद गरिदियो भन्दै भाषण गर्दै हिँड्ने ?” 

महतले जनता र देशका लागि काम गर्ने कि नेताका लागि भन्दै प्रश्न गरे । “जनताका लागि काम गर्ने कि नेताका लागि काम गर्ने ?,” प्रश्न गर्दै महतले भने, “अहिले हामीले जनविद्युतलाई पहिलो प्राथमिकता दियाँै । माथिल्लो अरुणमा विश्व बैंकको कन्सोर्टियममा, दूधकोसीे एडीबीको कन्सोर्टियममा अघि बढेको छ,” पूर्वअर्थमन्त्री महतले भने, “त्यसले रोजगारी सिर्जना गर्ने होला नि ! कति बजेटको वितरणले गर्छ ?”

उनले गत वर्षदेखि आधा मात्र आम्दानी कर लाग्ने व्यवस्था गरियो, यसले रोजगारी बढाउन सहयोग गरेको बताए । उनले जलवायु परिवर्तनका लागि हामीले न्यूनतम प्रदूषण गरेको भन्दै अरुले गरेको प्रदूषणको मार हाम्रो हिमालयमा परेकाले त्यसको क्षतिपूर्ति लिनुपर्ने बताए । “अब हामीले अनुदानको रूपमा कपान्सिएसन पाउनुपर्छ र सहुलियत ऋण पनि लिनुपर्छ,” महतले भने, “मैले सम्झौता गरेका थिए, बीआरआईमा, अन्तर्राष्ट्रिय समुदायलाई कन्भिन्स गर्ने हो । तर्क दिनुपर्यो, आकर्षिण दिन सक्नपर्यो । सम्झौता मात्र गरेर ऋणको पासोमा देश पर्न सक्दैन ।” 

उनले जग्गा र शेयर बजारमा केन्द्रित भएको लगानीले समस्या ल्याएको भन्दै त्यसमा सुधार ल्याउन अर्थमन्त्रीको कमिटमेन्ट र आचरण पनि आवश्यक हुने बताए ।

प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  १६:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro