site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कोसी र मधेस प्रदेशमा बिहानैदेखि वर्षा, दिउँसो वाग्मतीसहित यी भू–भागमा पर्नेछ पानी
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहको छ । पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहँदा केही भू–भागमा वर्षाको सम्भावना रहेको हो । 

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोसी र मधेस प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुटदेखि हल्का वर्षा भइरहेको छ । कोसी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा छिटपुटदेखि हल्का हिमपात भइरहेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

विभागले दिउँसो कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशसहित देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोसी, मधेस र वाग्मती प्रदेशको थोरै स्थानमा साथै बाँकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ । 

Global Ime bank

कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आज राति कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशसहित देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । 

कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशसहित देशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ । 

कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  ०६:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement