site stats
बाह्रखरी :: Baahrakhari
देश
आगलागीबाट मृत्यु भएका बालबालिकाका परिवारलाई कोसी सरकारको राहत

विराटनगर । भोजपुरको हतुवागढी–७ पिप्लेमा आगलागीबाट ज्यान गुमाएका बालबालिकाको परिवारलाई कोसी प्रदेश सरकारले नगद राहत दिएको छ । मंगलबार कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले घटनास्थलमै पुगेर पीडितलाई समवेदना दिँदै ज्यान गुमाएका बालबालिकाका दुई परिवारलाई राहत रकम हस्तान्तरण गरेका हुन् ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट एक लाखका दरले राहत वितरण गरिएको मुख्यमन्त्री कार्कीको निजी सचिवालयले जनाएको छ । 

Argakhachi Cement Island Ad

मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले दुःखको समयमा सरकारले मलमपट्टी लगाएको उल्लेख गर्दै भने, “प्रदेश तथा स्थानीय सरकार घर आगनकै सरकार भएकाले जनताको समस्यामा तथा पीडामा सधैँ साथ रहन्छ । दुःखमा सरकार सँगै छ ।” 

गएको शनिबार आगलागी हुँदा स्थानीय रमेश कार्कीकी पाँच वर्षीया छोरी दिप्सिका कार्की, तीन वर्षीय छोरा दिउनिष कार्की र केदार कार्कीका चार वर्षीय छोरा प्रनिश कार्कीको ज्यान गएको थियो ।

मुख्यमन्त्री कार्कीले यो समय हावाहुरीका साथै आगलागी बढी हुने भएकाले पनि सजग रहन अपिल गरेका छन् । 

प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  २०:२६
प्रतिक्रिया दिनुहोस्