site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यस्ता छन् सांसदका प्रश्न र प्रधानमन्त्रीको जवाफ (पूर्णपाठ) 

काठमाडौं । प्रतिनिधिसभामा ‘प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर’ कार्यक्रमअन्तर्गत मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई १३ सांसदले प्रश्न गरे । प्रधानमन्त्रीले ती प्रश्नका जवाफ दिए ।

प्रश्नको जवाफका क्रममा प्रधानमन्त्रीले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या सम्बोधन गर्न गठित राष्ट्रिय भूमि आयोगबाट हालसम्म पाँच हजार ३०० परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिएको जानकारी गराए । ७२८ स्थानीय तहसँग आयोगले सम्झौता गरिसकेको उनले बताए ।

सोसम्बन्धी हालसम्म १४ लाख ३६ हजार ४०० भन्दा बढी निवेदन संकलन गरिएको उनले उल्लेख गरे । १० लाख ४७ हजार १२२ निवेदन कम्प्युटरमा प्रविष्ट गरिएको उनले जानकारी गराए ।

प्रधानमन्त्री प्रचण्डले स्वास्थ्य बिमा कार्यक्रमलाई राष्ट्रिय गौरवको अभियानका रूपमा घोषणा गर्ने गृहकार्य भइरहेको जानकारी दिए । स्वास्थ्य बिमा परिचयपत्र अनिवार्य गर्ने, वैदेशिक रोजगारीमा जानेका परिवारको  अनिवार्य बिमा गरिने उनले बताए ।

आम्दानीअनुसारको प्रिमियमका आधारमा सबै कर्मचारी, शिक्षक, जनप्रतिनिधिको अनिवार्य बिमा गर्नेलगायत कार्यक्रम अगाडि बढाइने उनले बताए । मध्यपहाडी लोकमार्ग छोटो बनाउने विषय सरकारको उच्च प्राथमिकतामा रहेको उनले सुनाए ।

सांसद्का प्रश्न र प्रधानमन्त्रीको जवाफ पढ्नोस्–

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  १५:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro