site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मध्यपहाडी लोकमार्ग छोटो र सुरक्षित बनाउने विषय सरकारको उच्च प्राथमिकता : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मध्यपहाडी लोकमार्ग छोटो बनाउन सरकारको उच्च प्राथमिकता रहेको बताएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा एमालेका सांसद गोकुल बाँस्कोटाले राजमार्ग लामो भएकाले पुनर्रेखांकन गर्न सम्भव छ कि छैन भन्ने प्रश्न गरेका थिए । 

जवाफमा प्रधानमन्त्रीले भने, “राजमार्गका कतिपय स्थानमा सुरुङ तथा अग्ला पुलहरू निर्माण गरी राजर्मागलाई छोटो र सुरक्षित बनाउने विषय नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको छ ।” उनले आफ्नो पहिलो प्रधानमन्त्री कार्यकालमा २०६५ सालमा मध्यपहाडी लोकमार्गको रेखांकन गरिएको बताए । राजर्मागको कुल लम्बाई १८७९ मध्ये हालसम्म १२५९ किलोमिटर सडक डेडिकेटेट डबल लेनमा स्तरोन्नति भएको जानकारी गराए । 

त्यस्तै, १३७ मध्ये ३३ पुल निर्माण भइसकेको बताए । उनले जग्गाधनी प्रमाणपत्र वितरण गर्न तथा बाँकी काम शीघ्र सम्पन्न गरिने बताए । 

बाँस्कोटाको प्रश्नकै जवाफमा उनले काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाको बडा नं ७ र ८ का जनताले नापीको समस्याका कारणले ५० वर्षदेखि जग्गाधनी प्रमाणपत्र पाउन नसकेको विषयमा आफू जानकार रहेको बताए । “त्यस क्षेत्रमा २०३२/०३३ सालतिर नापी हुँदा फिल्डबुकमा ९० प्रतिशतसम्म दर्ता भैसक्दा पनि सिमाना विवादलगायत कारणले स्थानीयबाट विरोध हुँदा प्रमाणपत्र दिने काम हुन सकेको थिएन,” प्रधानमन्त्री प्रचण्डले भने, “पछिल्लो समयमा यातायात पूर्वाधार निर्माण, अनौपचारिक रूपमा जग्गाको स्वामित्व हस्तान्तरणलगायत कारणले साविकमा नापजाँच हुँदा र अहिलेको अवस्थामा फरक हुन आएको कारण दर्तामा समस्या देखिएको रहेछ ।” 

उनले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको दुई वटा भवन मकवानपुरको चित्लाङमा निर्माण भएको र पाँचखाल नगरपालिकामा संरचना निर्माणका लागि विश्वविद्यालय अनुदान आयोगको सिफारिस समेतका आधारमा मित्रराष्ट्र चीन सरकारको सहयोगमा संरचना निर्माणका लागि प्रक्रिया अघि बढाइसकिएको जानकारी गराए ।

प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  १३:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro