site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
साझा प्रकाशन रुग्ण अवस्थामा छ, ब्युँताउने कुरामा ध्यान जाओस् : सांसद पन्त
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेकपा (एमाले)का सांसद रघुजी पन्तले साहित्यिक संस्थामा लाग्ने कर्मचारी भोकै मर्ने अवस्था उत्पन्न हुन दिन नहुने बताएका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा उनले साझा प्रकाशनलाई ब्युँताउने कुरामा ध्यान दिन आग्रह गरे । “साझा प्रकाशनले नेपालका धेरै महत्त्वपूर्ण अन्तर्राष्ट्रियस्तरका कृतिहरूलाई नेपाली भाषामा नेपाली पाठकमाझ पुर्‍याउने काम गरेको थियो । साझा प्रकाशन रुग्ण अवस्थामा छ । त्यहाँका कर्मचारी भोकभोकै पर्ने अवस्थामा छ,” उनले भने । 

उनले प्रधानमन्त्री र अर्थमन्त्री टुलुटुलु हेरेर बस्न नमिल्ने भन्दै ध्यानाकर्षण गराए । पन्तले कथाकार परशु प्रधानको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरे । प्रधानको आज निधन भएको हो । “विख्यात कथाकार परशु प्रधानको आजै देहावसान भएको छ । साहित्यको विद्यार्थी भएकाले र पार्टीको हिसाबले उहाँको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दछु,” उनले भने ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  १३:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement