site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सहकारी नियमन गर्न छुट्टै नियामक खडा गर्ने तयारीमा मन्त्रालय

काठमाडौं । सहकारी नियमनका लागि नयाँ निकाय खडा गर्ने तयारी गरिएको छ । त्यसका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले अर्थ र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयबाट स्वीकृति लिने तयारी गरेको छ ।

सोमबार सहकारी पत्रकार समाजका पदाधिकारीसँगको भेटमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले अहिले नियमनकारी निकायको ढाँचाबारे मन्त्रालय गृहकार्यमा जुटेको जानकारी दिए ।

उनका अनुसार अहिले मन्त्रालयले सहकारी नियमन गर्ने निकाय खडा गर्न अर्थ र कानुन मन्त्रालयबाट स्वीकृतिका लागि प्रस्ताव तयार गरिसकेको छ । कानुन र अर्थ मन्त्रालयबाट स्वीकृति पाएपछि यो निकायको मोडालिटी तयार गरिने बताइएको छ ।

Dabur Nepal
NIC Asia

“हामी अर्थ र कानुन मन्त्रालयबाट यो निकाय स्थापन गर्ने स्वीकृति लिएर मोडालिटी कस्तो बनाउने भन्ने छलफल गर्छौं,” दुवाडीले भने, “हामीले खडा गर्ने संस्था सहकारीको नियामकीय निकाय भनेका छौँ । कार्यदलको रिपोर्टले सेकेन्ड टायर इन्स्टिट्युन भनेको छ ।”

"नियामकको मोडालिटी कस्तो हुने ?, को–को बस्ने ?, कस्तो कानुन बनाउने भन्ने विषय भने दुई मन्त्रालयले स्वीकृति दिएपछि हुन्छ," उनले थपे ।

दुवाडीका अनुसार ठूला सहकारीको अनुगमनमा नेपाल राष्ट्र बैंकका अधिकारी संलग्न रहने गरी काम भइरहेको छ ।

त्यस्तै, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले पनि ठूला सहकारीलाई राष्ट्र बैंक माताहातमै ल्याउने बताए । त्यसका लागि मन्त्रालयका सहजीकरण गरिदिने मन्त्री अधिकारीको भनाइ छ ।

“ठूला सहकारी राष्ट्र बैंकले नै नियमन गर्नुपर्छ । त्यसका लागि मन्त्रालयले आवश्यक सहजीकरण गरिदिन्छ,” उनले भने, “गलत गर्ने सहकारीलाई कारबाही पनि गर्नुपर्छ । कनि भने गतल गर्नेलाई कारबाही हुन्छ भन्ने सन्देश पनि प्रवाह गर्नुछ ।”

त्यस्तै, बचतकर्ताले अन्दोलन गरेर भएका सहमति नै लागु नभई पुन: आन्दोलन गरेकाले त्यसका लागि वार्ता गर्न टोली गठन गरिएको छ । सहकारी मन्त्रालयका सहसचिव कृष्ण सापकोटाको नेतृत्वमा पाँच सदस्यीय टोली गठन गरिएको बताइको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  १८:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro