site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
विमस्टेक सार्कलाई विसर्जन गर्नका लागि बनाइयो : अध्यक्ष केसी
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विमस्टेक सार्कलाई विसर्जन गर्नका लागि बनाइएको बताएका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले प्रस्तुत गरेको विमस्टेक वडापत्रमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् ।

उनले सार्क आन्दोलनलाई ओझेलमा पार्न विमस्टेकको खेती गरिएको बताए । दक्षिण एसियामा शक्तिशाली संगठन भनेकै सार्क भएकाले सशक्त बनाएर अघि बढाउनुपर्ने उनको भनाइ थियो ।

उनले भने, "मैले के आशा गरेको थिएँ भने विमस्टेक जन्मियो किन ? सार्कलाई किन ओझेलमा पारियो ? त्यतातिर हाम्रो परराष्ट्रमन्त्रीजीले केही जानकारी गराउनु हुन्छ की भन्ने थियो । खाली विमस्टेकको कुरा गरेर सिध्याइदिनुभयो । म निराश भएँ । दक्षिण एसियामा हाम्रो सार्क हो नि, शक्तिशाली संगठन । यो विमस्टेक किन खोल्नुपर्‍यो भन्दा भारत, चीनका अगाडि भाले हुन नसक्ने, पाकिस्तानसँग शत्रुतापूर्ण संघर्ष सधैँ । त्यसो भएकाले सार्क आन्दोलनलाई ओझेलमा पार्न यो भारतको योजना हो । विमस्टेक सार्कलाई ओझेल पार्नका लागि नै हो । सार्कलाई यो स्थितिमा पु¥याउनुको मुख्य कारण भारत नै हो ।"

उनले विमस्टेक सार्कलाई ओझेल पार्नका लागि नै ल्याइएको बताए ।
 

प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  १५:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro