site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सांसद शर्माको निधनप्रति शोक प्रस्ताव पारित

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)क सांसद मन्जु शर्मा अन्सारीको निधन भएकामा राष्ट्रियसभाबाट शोक प्रस्ताव पारित गरिएको छ । सोमबार बसेको राष्ट्रियसभा बैठकबाट शोक प्रस्ताव पारित गरिएको हो ।

अन्सारीको परिवारजनमा समवेदना समेत व्यक्त गरिएको छ । उनीप्रति श्रद्धाञ्जलीस्वरूप सभाका सदस्यले एक मिनेट मौन धारण गरे ।

Dabur Nepal
NIC Asia

राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले भने, “संघीय संसद् प्रतिनिधिसभा सदस्य मन्जु शर्मा अन्सारीको निधन भएकोमा शोक प्रस्ताव प्रस्तुत गर्दछु । वि.सं. २०२० साल माघ १९ गते जन्मनुभएकी प्रतिनिधिसभा सदस्य मन्जु शर्मा अन्सारीको मिति २०८० साल चैत्र ४ गते आइतबार उपचारको क्रममा असामयिक निधन भएकोमा राष्ट्रियसभाको यो बैठक उहाँको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दछ । स्व. अन्सारी जनता समाजवादी पार्टी, नेपालबाट विक्रम संवत् २०७९ सालको प्रतिनिधिसभामा समानुपातिक सदस्यको रूपमा निर्वाचित हुनुभएको थियो । यो बैठक स्व. अन्सारीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दछ ।”

राष्ट्रियसभाको अर्को बैठक यही चैत ७ गते बिहान सवा ११ बजे बस्ने गरी बोलाइएको छ । न्युज एजेन्सी नेपाल

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  १४:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro