site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अमेरिकी चुनाव नजिकिँदै गर्दा आक्रामक बन्दै ट्रम्प
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बरमा हुने राष्ट्रपतीय चुनाव आफूले नजिते अमेरिकामा लोकतन्त्रको अन्त्य हुन सक्ने बताएका छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार आयातित कारमा कर लगाउने र अमेरिकी अटोमोबाइल उद्योगलाई विदेशी प्रतिस्पर्धाबाट जोगाउने विषयमा सम्बोधन गर्दै ट्रम्पले भने, “यदि मैले जितिन भने पूरै देशमा रक्तपात हुन सक्छ ।”

रिपब्लिकन पार्टीको राष्ट्रपतीय उमेदवारको दौडमा अगाडि रहेका ट्रम्पले ओहायोमा आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै यस्तो दाबी गरेका हुन् । यसअघि उनले सन् २०२० मा चुनावी धाँधलीका कारण जो बाइडेनसँग हारेको बताएका थिए ।

ट्रम्पको उक्त भनाइको जवाफ दिँदै अमरिकी राष्ट्रपति जो बाइडेनको चुनावी अभियानका प्रवक्ता जेम्स सिंगरले पूर्वराष्ट्रपति बदला लिन उत्सुक रहेको आरोप लगाए । “ट्रम्पले राजनीतिक हिंसाको धम्की दिइरहेका छन् । यसले उनको अतिवादलाई देखाउँछ” सिंगरले भने ।

आफ्नो भाषणमा ट्रम्पले देशमा अवैध आप्रवासीको मुद्दा पनि उठाएका छन् । यद्यपि, उनले अश्वेत मतदाताहरूलाई मतदान गर्न अपिल गरेका छन् । फेरि राष्ट्रपति बन्न खोजिरहेका ट्रम्पको आफ्नै रिपब्लिकन पार्टीका नेताले पनि विरोध गरिरहेका छन् । पूर्वउपराष्ट्रपति माइक पेन्सले नोभेम्बरमा हुन लागेको राष्ट्रपतीय निर्वाचनमा ट्रम्पलाई समर्थन नगर्ने घोषणा गरेका छन् । 

रिपब्लिकन पार्टीबाट राष्ट्रपतिको उमेदवार बन्ने दौडमा ट्रम्पलाई चुनौती दिनेहरूमध्ये पेन्स पनि थिए । तर, गत वर्षको अक्टोबरमा उनी पछि हटेका थिए । बीबीसी

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  १२:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro