site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आरती साहकी सासू रेणु जनकपुरबाट पक्राउ

काठमाडौं । प्रहरीले धनुषाकी आरती साहको मृत्यु प्रकरणमा उनकी सासू रेणुदेवी साहलाई पक्राउ गरेको छ । उनलाई आइतबार जनकपुरधाम उपमहानगरपालिका–४ बाट पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ ।

उनलाई कर्तव्य ज्यान मुद्दामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यसअघि फागुन २९ गते आरती साहको परिवारसँग गृह मन्त्रालयले पाँचबुँदे सहमति गरेको थियो । सहमति अनुसार आरती मृत्यु प्रकरणमा थप अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली खटाइने भनिएको थियो ।

गएको जेठ ७ मा आरती घरमै मृत फेला परेकी थिइन् । उनको माइती पक्षले उनको मृत्यु कुटपिटबाट भएको बताउँदै आएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  २२:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro