site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
हिजबुल्लाह–इजराइल द्वन्द्वले दक्षिण लेबनानमा ३५ करोड डलरको क्षति

बेरुत । लेबनानको दक्षिणी सीमामा हिजबुल्लाह–इजराइल द्वन्द्वले ३५ करोड अमेरिकी डलर बराबरको क्षति भएको छ ।

घर र पूर्वाधारको आंशिक र पूर्ण क्षतिका साथै कृषि भूमि जलेर क्षति भएको स्थानीय समाचार सेवा लेबनान न्युजले जनाएको छ ।

Dabur Nepal
NIC Asia

“करिब एक करोड वर्गमिटर कृषि भूमि र जंगल जलाइएको छ,” रिपोर्टमा भनिएको छ । 

अघिल्लो दिन इजराइलमाथि हमासको आक्रमणको समर्थनमा लेबनानी सशस्त्र समूह हिजबुल्लाहले इजराइलतर्फ दर्जनौँ रकेट हमला गरेपछि लेबनान–इजराइल सीमामा सन् २०२३ अक्टोबर ८ देखि तनाव बढेको छ । हिजबुल्लाहको आक्रमणको जवाफमा इजराइलले लेबनानको दक्षिणपूर्वतर्फ व्यापक तोप प्रहार गरेको थियो ।

लेबनानी सुरक्षा स्रोतहरूका अनुसार हिजबुल्लाह र इजराइलबीचको टकराबमा लेबनानी पक्षका ३६२ मानिस मारिएका छन् । तीमध्ये २३८ हिजबुल्लाहका सदस्य र ७२ सर्वसाधारण रहेको बताइएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  २२:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro