देश

अर्घाखाँची । सीतापुरमा माटोको ढिस्कोले पुरिएर एक महिलाको ज्यान गएको छ । एकजना गम्भीर घाइते भएका छन् ।
शीतगंगा नगरपालिका–२ सीतापुरको सिमलचौरमा माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर स्थानीय अन्दाजी ४० वर्षीय शारदा अधिकारीको मृत्यु भएको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक ऋषिराम घर्तिमगरले बताए ।
गम्भीर घाइते भएकी राधा अधिकारीलाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा सामान्य उपचारपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस
प्रकाशित मिति: आइतबार, चैत ४, २०८० २१:३६
प्रतिक्रिया दिनुहोस्