site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
माधव नेपालको अपानि– जनताका निराशा र छटपटीलाई सम्बोधन गर्न सकियोस् (पूर्णपाठ) 
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को महाधिवेशनका निम्ति मूल व्यवस्थापनसहित विभिन्न कमिटी निर्माण गरिएको छ ।

पार्टी अध्यक्ष माधवकुमार नेपालले आइतबार जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि) १३ मा नेताको कार्यविभाजन उल्लेख छ । अध्यक्ष नेपाल संयोजक रहेको मूल व्यवस्थापन कमिटीमा महासचिव घनश्याम भुसाल सचिव र केन्द्रीय कमिटी र केन्द्रीय निकायका सदस्यहरू सदस्य छन् । सम्मानित नेता झलनाथ खनालको संयोजकत्वमा अतिथि सत्कार कमिटी बनाइएको छ ।

प्रतिनिधि व्यवस्थापन कमिटीको संयोजकमा उपाध्यक्ष बेदुराम भुसाल छन् । अर्थ परिचालन कमिटी संयोजकको जिम्मेवारी उपाध्यक्ष प्रमेश हमालले पाएका छन् । सचिवालय सदस्यहरू संयोजक रहने गरी विभिन्न कमिटी गठन गरिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

आउँदो जेठ ३–७ गतेसम्म एकीकृत समाजवादीको महाधिवेशन गरिँदै छ । महाधिवेशनले पार्टीलाई नयाँ गति दिने अध्यक्ष नेपालको भनाइ छ । 

“हामीले महाधिवेशनको तयारीकै रूपमा ‘संगठन तथा सदस्यता विस्तार अभियान–२०८०’ सञ्चालन गरेका छौँ । यो अभियानको सफलताले महाधिवेशनको सफलतालाई धेरै हदसम्म योगदान गर्नेछ,” अपानिमा भनिएको छ, “पार्टी कमिटीहरू र सदस्यता विस्तारकै क्रममा आयोजना हुने महाधिवेशनले पार्टीको जीवनमा नयाँ गति दिनेछ । त्यसैले हरेक तहमा बनेका योजनाका बाँकी काम पूरा गर्न सबै कमरेडहरूलाई आग्रह छ ।”

Global Ime bank

यस्तै, अचानक सत्तासमीकरणमा परिवर्तन भएकाले मन्त्रीहरूले परिणाममुखी काम, जनताका निराशा र छटपटीलाई सम्बोधन गर्ने प्रयास गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

“अचानक सरकारको समीकरणमा परिवर्तन आएपछि पार्टी नेतृत्वको ध्यान त्यता जानु स्वाभाविक भए पनि त्यसले हाम्रो अभियान र महाधिवेशन प्रभावित पार्नु हुँदैन भन्ने कुरामा सम्पूर्ण पार्टीपंक्ति स्पष्ट हुनुपर्छ । सारतः हाम्रो पार्टी हिजो एउटा गठबन्धनमा सरकारमा थियो भने आज बदलिएको परिस्थितिमा अर्को गठबन्धनमा छ । हाम्रा मन्त्रीहरूबाट परिणाममुखी काम होऊन्, सरकारले राम्रो काम गरोस्, जनतामा रहेको निराशा र छटपटीलाई सम्बोधन गर्न सकियोस् भनेर हामीले प्रयास गर्नुपर्छ,” अपानिमा उल्लेख छ, “त्यसका लागि हामीले आवश्यक राजनीतिक पहलकदमी लिँदै अगाडि बढ्नुपर्छ । तर, कुनै पनि अन्योलमा नपरी पार्टीको मुख्य ध्यान संगठन तथा सदस्यता विस्तार अभियान र महाधिवेशनमा केन्द्रित गर्नुपर्छ ।”

अपानिको पूर्णपाठ पढ्नोस्–

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  १७:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !