site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
पोखरामा अब डिस्को, दोहोरी र लाइभ म्युजिक रातभर खुल्ने
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । पोखरामा अब डिस्को, दोहोरी, लाइभ म्युजिक जस्ता व्यवसायहरू रातभर खुल्ने भएका छन् । 

आइतबार पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यस्तो घोषणा गरेका हुन् । उनले आजै साँझदेखि लागु हुनेगरी निश्चित मापदण्ड बनाएर पोखराको लेकसाइड इलाका, पृथ्वीचोक महेन्द्रपुल, चिप्लेढुंगामा बार, रेष्टुरेन्ट, स्पा, किराना तथा खाजा पसलहरू रातको एक बजेसम्म निर्वाधरूपमा सञ्चालन हुने बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

उनले राउन्ड फेवा, भीउ फेवा ट्रेकिङ ट्रेल आगामी दिनमा सञ्चालन गर्ने पनि प्रतिबद्धता जनाए । बेगनास तालमा क्रुज सीप सञ्चालन गर्ने घोषणा समेत गरे । पोखरामा आधुनिक टर्मिनलसहितको बसपार्क निर्माण गर्ने, पोखरालाई वृहत ध्यान केन्द्रको रूपमा एउटा ध्यानकेन्द्र निर्माण गर्ने घोषणा पनि गरे । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि पृथ्वीचोकसम्म स्टल बस सेवा सञ्चालन गर्ने बताए । 

उनले भने, "आजै साँझदेखि लागु हुनेगरी निश्चित मापदण्ड बनाएर पोखराको लेकसाइड इलाका, पृथ्वीचोक महेन्द्रपुल, चिप्लेढुंगामा बार, रेष्टुरेन्ट, स्पा, किराना तथा खाजा पसलहरू रातको एक बजेसम्म निर्वाधरूपमा सञ्चालन हुनेछन् । साथै डिस्को, दोहोरी, लाइभ म्युजिक जस्ता व्यवसायहरू रातभर खुल्नेकुरा जानकारी गराउन चाहन्छु । राउन्ड फेवा, भिीउ फेवा ट्रेकिङ ट्रेल आगामी दिनबाट सञ्चालन गर्नेछौँ," उनले भने । 

Global Ime bank

उनले पोखरामा पाँच हजार क्षमताको अन्तर्राष्ट्रिय सभा हलको आवश्यकता रहेको बताए । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  १६:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement