site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सांसद मन्जु शर्मा अन्सारीको निधन 

काठमाडौं । प्रतिनिधिसभा सदस्य मन्जु शर्मा अन्सारीको निधन भएको छ । उनी जनता समाजवादी पार्टी (जसपा)का तर्फबाट समानुपातिक सांसद थिइन् । उपचारका क्रममा आइतबार बिहान मीनभवनस्थित सिभिल अस्पतालमा अन्सारीको निधन भएको जसपाले जनाएको छ ।

हृदयाघातका कारण उनको निधन भएको जसपाका प्रवक्ता मनीष सुमनले जानकारी दिए । “विगत केही दिनदेखि उहाँ (सांसद मन्जु शर्मा)लाई गाह्रो भएको थियो । राति थप गाह्रो भएपछि अस्पताल लगियो । बिहान निधन भयो,” उनले बाह्रखरीसित भने ।

वि.सं. २०२० साल माघ १९ गते जन्मिएकी अन्सारी ०७९ चैत १९ गते प्रतिनिधिसभा सदस्य बनेकी थिइन् । जसपाबाट समानुपातिक निर्वाचन प्रणालीमार्फत प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित शहनाज रहमानको ०७९ फागुन १३ गते निधन भएपछि रिक्त स्थानमा उनी सांसद बनेकी थिइन् ।

प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  ११:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro