site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
चीन–अमेरिका युद्धबाट नेपाल बेलैमा सर्तक हुनुपर्छ : चित्रबहादुर केसी 
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अहिले रूस–युक्रेन युद्ध भइरहेको भन्दै नेपालले बेलैमा सर्तक हुनुपर्ने बताएका छन् । 

शुक्रबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले कुनै दिन अमेरिका र चीन युद्ध हुँदा नेपाल युक्रेनको हालतमा पुग्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । 

Argakhachi Cement Island Ad

“अहिले रूस र युक्रेनको युद्ध भनिएको छ, वास्तवमा अमेरिका र रूसबीचको युद्ध हो त्यो । कुनै दिन अमेरिका र चीनको बीचमा त्यस्तै द्वन्द्व हुँदा नेपाल युक्रेन हुने खतरा छ,” केसीले भने, “अहिले नेपाल सरकारको जानकारी के छ, के भन्दै आएको छ भने नेपालीहरू भारत र बेलायतको सेनामा मात्र छन् । तर हाम्रो जानकारीमा अमेरिका र फ्रान्स र अन्य देशमा नेपालीलाई दलालहरूले लगेर सेनामा भर्ती गरेका छन् ।” 

केसीले तत्कालका लागि सरकारले रूस र युक्रेनमा रहेका नेपाली युवाहरूलाई फिर्ता गर्नुपर्ने भन्दै अन्य देशमा पनि भएका भर्र्तीबारे जानकारीमा लिएर फिर्ता गर्नुपर्ने बताए । “अहिले रूस, युक्रेनमा नेपाली युवकहरू भर्ती भएका छन्, घाइते भएका छन् उनीहरूलाई सरकारले पहल गरेर फिर्ता गर्ने काम गरोस्,” केसीले भने, “र, भारत तथा बेलायतबाहेक ठूला ठूला देशमा नेपाली युवाहरू भर्ती भएका छन् त्यसको अध्ययन गरी फिर्ता गर्न पहल गरोस् ।”

प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  १३:१३
प्रतिक्रिया दिनुहोस्