site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
साढे ७ लाखमा दुबई पठाउने आश्वासन दिएर ठगी गर्ने विष्णुबहादुर पक्राउ

काठमाडौं । दुबई पठाउने आश्वासन दिएर ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तनहुँको बन्दिपुर नगरपालिका–५ का ४५ वर्षीय विष्णुबहादुर भण्डारी रहेका छन् । उनी पछिल्लो समय काठमाडौंस्थित मैतीदेवीमा बस्दै आएका थिए ।

प्रहरीका अनुसार उनले राजकुमार कुमाललाई वैदेशिक रोजगारीका सात लाख रुपैयाँमा लागतमा वैदेशिक रोजगारीका लागि दुबई पठाइदिने आश्वासन दिएका थिए । उनले दुबई पुगेपछि प्रतिष्ठित कम्पनीमा काममा लगाइदिने र मासिक ७० हजार रुपैयाँ तलब हुने बताएका थिए ।

पीडित कुमालबाट पटकपटक गरी दुई लाख ५० हजार रुपैयाँ रकम लिएर उनी सम्पर्कविहीन बनेको प्रहरीले जनाएको छ । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले बुधबार पक्राउ गरेको हो ।

थप अनुसन्धान तथा कारबाहीका लागि उनलाई वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

 

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  २०:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro