काठमाडौं । सिटिजन्स बैंकले २०८१ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । शुक्रबार बैंकमा आयोजित एक समारोहकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले विभिन्न ऋतुमा फुल्ने सुन्दर फूललाई विषयवस्तु मानेर सिर्जना गरिएको क्यालेन्डर सार्वजनिक गरेका हुन् ।
समारोहमा नायब कार्यकारी अधिकृत र व्यवस्थापन कार्यकारी समितिमा रहेका प्रमुखको सहभागिता रहेको थियो ।
समरोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले फूल विषयवस्तु समावेश गरिएको क्यालेन्डर आगामी वर्षभरि प्रेरणा, आनन्द, माया, स्पन्द र आशाको स्रोत बन्ने विश्वास लिए ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड देशैभर फैलिएका आफ्ना १९० वटा शाखा, १५२ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिँदै आएका छन् ।