site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
हिमाली जिल्लाको आर्थिक वर्ष कार्तिक र मंसिरबाट सुरु गर्नुपर्छ : ज्ञानेन्द्र शाही
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले हिमाली जिल्लाको आर्थिक वर्ष कार्तिक र मंसिरबाट सुरु गर्न माग गरेका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकताबारे छलफलमा भाग लिँदै उनले असारमा आर्थिक वर्ष राख्दा विकास निर्माणका नाममा पठाइएको बजेट खर्च नहुने भएकाले कार्तिक र मंसिर महिना हिमाली जिल्लाको आर्थिक वर्ष बन्नुपर्ने बताए ।

Dabur Nepal
NIC Asia

उनले कार्तिक र मंसिर महिना हिमाली जिल्लाको आर्थिक वर्ष भएमात्रै बजेट खर्च गर्न सकिने स्थिति रहने जिकिर गरे ।

"म जुम्लाको जुम्ली हो । हिउँ पर्छ जुम्लामा अहिले पनि । जब विकास निर्माणको काम मंसिरबाट सुरु हुन्छ, मंसिर र कार्तिकबाट सुरु हुँदा हाम्रो जुम्लामा हिउँ परेर बस्न हुँदैन । अस्ति भर्खर हिउँ परेको छ । असारसम्म जाँदा बजेट खर्च गर्न पाइँदैन, जति पैसा हालेको भए पनि त्यो खर्च हुन सक्दैन । अब आउने बजेटमा सिंगो नेपालको तराई र पहाड भएको आर्थिक वर्ष असार महिनामा हुन्छ भने हिमाली जिल्लाको आर्थिक वर्ष कार्तिक र मंसिरमा गर्नुपर्‍यो । त्यो भए हामीले खर्च गरेको बजेट चलाउन सक्छौँ । यो कुरा अर्थमन्त्रीले गर्नुहुन्छ भन्ने म धारणा राख्न चाहन्छु," उनले भने ।

उनले प्रदेश संरचना खारेज गर्नुपर्नेमा जोड दिए ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  १८:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro