site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सरकारको न्यूनतम साझा कार्यक्रमबारे छलफल गर्न कार्यदलको बैठक बस्दै 
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रमबारे छलफल गर्न कार्यदलको बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो ४ बजे सिंहदरबारमा बस्ने जनता समाजवादी पार्टीका प्रवक्ता मनिष सुमनले जानकारी दिए । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबारको संसद् बैठकमा न्यूनतम साझा कार्यक्रम बुधबार नै सार्वजनिक गर्ने तयारी भएको जानकारी दिएका थिए । तर, कार्यदलको बैठक बसेपछि मात्रै सार्वजनिक गर्ने तयारी भएको छ । “आज कार्यदलको बैठक बस्दैछ । कार्यक्रम लगभग अन्तिम चरणमा पुगेको छ,” कार्यदलका सदस्य समेत रहेका सुमनले भने । 

कहिले सार्वजनिक गर्ने भन्ने आजको बैठकबाट टुंगो लाग्ने उनको भनाइ छ । सरकारको साझा न्यूनतम कार्यक्रम तयार गर्ने जिम्मेवारी १० नेताले पाएका छन् । सत्तामा सहभागी पाँच दलबाट दुई/दुई नेता कार्यदलमा छन् । 

जसमा नेकपा (एमाले)बाट उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल छन् । नेकपा (माओेवादी केन्द्र)बाट उपमहासचिव तथा अर्थमन्त्री वर्षमान पुन र उपमहासचिव जनार्दन शर्मा रहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उपसभापति स्वर्णिम वाग्ले र महामन्त्री मुकुल ढकाल रहेका छन् । जनता समाजवादीबाट वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ र प्रवक्ता मनिष सुमन रहेका छन् । नेकपा (एकीकृत समाजवादी)बाट महासचिव घनश्याम भुसाल र उपाध्यक्ष प्रमेश हमाल रहेका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  १३:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro