site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एमालेले प्रधानमन्त्रीमा दाबी गरेको छैन, आलोपालोको सहमति भएको छैन : योगेश भट्टराई
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एमाले)का नेता योगेश भट्टराईले अब अर्को कुनै सरकार बनाउने प्रयास नहुने बताएका छन् । बुधबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले संसद्को वर्तमान कार्यकाल रहेसम्म अहिलेको सरकार कायम रहने भन्दै अर्को कुनै सरकार बनाउने प्रयास नहुने बताए ।

वर्तमान सरकारको निर्णायक शक्तिको रूपमा रहेको एमालेले प्रधानमन्त्रीलाई समर्थन गरेको भन्दै उनले सरकारलाई आउने चार वर्षसम्म सहजरूपमा चल्न दिने दायित्व एमालेको भएको धारणा राखे ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले वर्तमान सरकारले नै मुलुकमा देखिएको समस्याहरू हल गर्ने पनि दाबी गरे । भट्टराईले अहिले नै गठबन्धनभित्र आलोपालो प्रधानमन्त्रीको कुरा नभएको र एमालेले प्रधानमन्त्री पाउनका लागि कुनै दाबीसमेत नगरेको जिकिर गरे ।

१५–१५ महिना प्रधानमन्त्री पदको बाँडफाँट गर्ने सहमति पनि नभएको भट्टराईको दाबी छ ।

Global Ime bank

उनले धेरै कुरामा त्याग गरेर नयाँ समीकरण बनेको भन्दै पद भन्दा पनि समीकरणलाई बलियो बनाउन ध्यान केन्द्रित गर्ने बताए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  २३:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement