site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
विश्वासको मत पाएपछि प्रधानमन्त्री– जिम्मेवारी अझ बढेको छ
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्बाट तेस्रोपटक विश्वासको मत पाएसँगै आफ्नो जिम्मेवारी अझै बढेको प्रतिक्रिया दिएका छन् । बुधबार संसद्‌मा विश्वासको मत लिएसँगै सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

राष्ट्र र जनताका पक्षमा राम्रो काम तीव्र गतिमा पूरा गर्ने आफ्नो जिम्मेवारी रहेको उनले उल्लेख गरे । उनले आफ्नो काँधमा जिम्मेवारी थपिएको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

संयमित वातावरणमा लोकतान्त्रिक ढंगले विश्वासको मत पाएको उनले सुनाए । “आजको संसद्‌मा जीवन्त रूपले लोकतान्त्रिक अभ्यास भयो, बडो राम्रो संयमित वातावरणमा । यसले हाम्रो लोकतन्त्र अझ सजीव बनेको छ, अझ सुदृढ बनेको छ भन्ने मैले महसुस गरेको छु,” उनले भने, “मलाई प्रधानमन्त्रीको रूपमा जसरी विश्वासको मत प्राप्त भएको छ, तीनपटक, तीनवटा अलग–अलग अनुभूति र अलग–अलग अनुभव पनि भए ।”

उनले थपे, “पहिलोपटकको अनुभव मैले पुरानै गठबन्धनबाट नै प्रधानमन्त्री बन्ने अन्तिम तयारी गरेको बेलामा नै अन्तिम घडीमा बालकोटमा गएर केपी ओलीजीलगायतको समर्थनमा म प्रधानमन्त्री बनेँ । दोस्रोपटक पुरानै गठबन्धनमा फर्किएपछि झन्डैझन्डै शतप्रतिशत समर्थन मलाई प्राप्त भयो । विश्वासको मत यो रूपमा सदनबाट दुईजना छोडेर बाँकी सबैको समर्थन प्राप्त हुने कुरा पनि नेपालको इतिहासमा एउटा असाधारण र अभुतपूर्व परिघटना थियो । मैले त्यो अनुभूति पनि गरेँ ।”

Global Ime bank

उनले आफूलाई विश्वासको मत दिने सांसदहरू र संसद्प्रति आभार व्यक्त गरे । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  १७:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement