site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कोसीका मुख्यमन्त्रीको आह्वान– सर्वदलीय सरकार बनाएर प्रदेशसभाको आयु बढाऔँ
Sarbottam CementSarbottam Cement

विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सर्वदलीय सरकार गठनका लागि आह्वान गरेका छन् । कोसी प्रदेशसभा सचिवालयले आयोजना गरेको 'सदनलाई प्रभावकारी बनाउन समितिका सदस्यहरूलाई अभिमुखीकरण कार्यक्रम'मा मुख्यमन्त्री कार्कीले राजनीतिक स्थिरताका लागि सर्वदलीय सरकार आवश्यक रहेको बताए ।

समय नपुगेरै प्रदेशसभा भंग गर्नुपर्ने अवस्थाभन्दा सबैको सहकार्यमा सदनलाई प्रभावकारी बनाउन उचित रहेको मुख्यमन्त्री कार्कीको भनाइ छ ।

Prabhu Bank
Agni Group
NIC Asia

“बदलिएको राजनीतिक परिवेशमा मुख्यमन्त्रीले राजीनामा गरेर सदनको आयु घटाउनुभन्दा सबैको सहकार्यमा अघि बढ्नु उचित हुन्छ,” उनले भने, “सबैलाई मिलाउने जिम्मेवारी मुख्यमन्त्रीको रहन्छ । हामीले जनताका पक्षमा काम गर्नुको अर्को विकल्प छैन ।”

‘मिनी पार्लियामेन्ट’ सरकारभन्दा माथि रहेको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले समितिको प्रभावकारीताका लागि अभिमुखीकरण महत्त्वपूर्ण सावित हुने बताए । सांसदले कसरी मन्त्री बनेर लाग्नुभन्दा सदनलाई कसरी प्रभावकारिता दिन सकिन्छ भनेर लाग्नुपर्नेमा मुख्यमन्त्री कार्कीले जोड दिएका छन् ।

Global Ime bank

उनले जनतालाई सुविधा दिनका लागि अवरोध गर्ने कानुनलाई संशोधन गर्न सकिने उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले सदनले त्यसलाई प्राथमिकीकरण गर्नुपर्ने बताए । “कानुन दण्डित गर्ने माध्यम नभएकाले सहजीकरणको मार्ग हो,” उनले भने ।

अभिमुखीकरणका सहजकर्तासमेत रहेका संविधानविद् डा. विपिन अधिकारीले संसदीय प्रणालीमा समितिहरूले राज्यले प्रस्तुत गर्ने विषयलाई गम्भीरताका साथ लिनुपर्नेमा जोड दिए ।

उनले भने, “समितिले सरकारलाई निर्देशित समेत गर्नुपर्ने भएकाले सरकारले प्रस्तुत गर्ने कुरालाई गम्भीरताका साथ लिनुपर्छ ।”
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  १७:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय