site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्रीलाई १५ महिनामा तेस्रोपटक विश्वासको मत : पक्षमा १५७, विपक्षमा ११० 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत पाएका छन् । १५ महिनामा उनले प्रतिनिधिसभाबाट तेस्रोपटक विश्वासको मत पाएका हुन् ।

बुधबार प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० को उपधारा २ बमोजिम विश्वासको मत प्राप्त गर्न प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्तावमाथि मत विभाजन हुँदा उनको पक्षमा १५७ र विपक्षमा ११० मत पर्‍यो । एक सांसद तटस्थ रहे । बैठकमा *२६८ सांसद उपस्थित थिए ।

Dabur Nepal
NIC Asia

प्रधानमन्त्री प्रचण्डलाई उनको दल नेकपा (माओवादी केन्द्र)सहित नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति र स्वतन्त्र सांसदहरूले मत दिए ।

विश्वासको मतको विपक्षमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, राष्ट्रिय जनमोर्चा रहे । विश्वासको मतको विपक्षमा ११० सांसदले मतदान गरे ।

कुल २७५ सदस्यीय प्रतिनिधिसभामा विश्वासको मत पाउन कम्तीमा १३८ सांसदको समर्थन आवश्यक हुन्छ । प्रधानमन्त्रीका पक्षमा १५७ सांसदले मतदान गरे । उनी ०७९ पुस १० गतेदेखि गठबन्धन फेर्दै प्रधानमन्त्री छन् ।

*२६८ हुनुपर्नेमा यसअघि १६८ भएकाले सच्याइएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  १५:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro