site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कांग्रेसलाई प्रधानमन्त्रीको जवाफ : धोकाको आरोप त बरु केपी ओलीले लगाउन मिल्छ 

काठमाडौं । प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसलाई कसले विश्वासघात गर्‍यो भनि प्रश्न गरेका छन् । बुधबार विश्वासको मतको प्रस्ताव प्रस्तुत गर्ने क्रममा प्रतिनिधिसभा बैठकमा उनले नेपाली कांग्रेसलाई त्यतिबेला राष्ट्रपति दिएको भन्दै अहिल्यै धोका दिएको भन्न नमिल्ने बताए । 

“राष्ट्रपति त अहिले पनि तपाईंहरूकै हुनुहुन्छ । यतिछिट्टै गुन बिर्सेर धोका के हो धोका ? कसले गर्‍यो विश्वासघात,” उनले भने । प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्माले भने तत्कालीन गठबन्धन तोडेकोमा धोका दिएको भन्न मिल्ने बताए । एमालेको नेतृत्वमा प्रधानमन्त्री बनेर कांग्रेससँग मिल्न गएको सम्झिए ।

“धोकाको आरोप त बरु मलाई प्रधानमन्त्री बनाउन पहल गर्ने दलहरू र त्यसको मुख्य नेतृत्व माननीय केपी ओलीले लगाउन मिल्छ । प्रधानमन्त्री उहाँले बनाउने अनि खुरुक्क कांग्रेससँग जाने । उहाँहरूले लगाए मिल्दोजुल्दो हुन्छ.,” उनले भने ।
 

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  ११:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro