कला

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले रिलिजको दोस्रो सातामा रहेको चलचित्र ‘अगस्त्य च्याप्टर–१’ हेरेका छन् । आफ्नो टिमसहित मेयर बालेनले दरबारमार्गमा रहेको क्यूएफएक्स हलमा अगस्त्य हेरेका हुन् ।
चलचित्र हेरेर मेयर बालेनले निर्देशक सौरभ चौधरीको सोच, कलाकारहरूले गरेको मिहिनेत र छायांकन पक्षको तारिफ गरेका छन् ।
फागुन १८ गतेबाट प्रदर्शनमा आएको एक्सन–थ्रिलर सिनेमा अगस्त्यमा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरि, निश्चल बस्नेत, विजय बराल, रवीन्द्र झा, बेन बस्नेत, शिशिर वांदेल, सिम्रन खड्कालगायत कलाकारको अभिनय छ ।
प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८० १५:४१
प्रतिक्रिया दिनुहोस्