विदेश
इस्लामाबाद । पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको मुल्तान सहरमा मंगलबार आवासीय भवन भत्किँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् ।
उक्त तीनतले भवन मंगलबार बिहान भत्केको जानकारी पाउनासाथ उद्धार कार्यमा जुटेको उद्धार कार्यको नेतृत्व गरिरहेका मुल्तानका जिल्ला आपतकालीन अधिकारी कलीम उल्लाहले सिन्ह्वालाई बताएका छन् ।
घाइतेहरूलाई स्थानीय अस्पतालमा लगिएको उनले जानकारी दिए । मृत्यु हुनेमा एकै परिवारका सातजना रहेको उल्लाहले बताएका छन् । भवन भत्किनुको कारणबारे अनुसन्धान सुरु गरिएको छ । रासस/सिन्ह्वा
प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८० १५:३८
प्रतिक्रिया दिनुहोस्