site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कांग्रेसको प्रस्ताव– राष्ट्रियसभा अध्यक्ष निर्वाचनको मिति सारौँ
फाइल तस्बिर ।

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले राष्ट्रियसभा अध्यक्ष निर्वाचनको मिति सार्नुपर्ने प्रस्ताव गरेको छ ।

आइतबार बसेको राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले निर्वाचनको मिति परिवर्तन गर्नुपर्ने प्रस्ताव गरे । उनले बिदा भएर गएका सांसद र राष्ट्रियसभा अध्यक्ष मिलेर बनाइएको ‘क्यालेन्डर’अनुसार निर्वाचनको मिति तय हुन नहुनेमा जोड दिए ।

“कांग्रेसका साथिहरूले निर्वाचन सार्ने प्रस्ताव गर्नुभएको हो । सर्वसहमतिले बनाएको निर्णय भएकाले मिति परिवर्तन नगरौँ भन्ने निर्णयमा पुग्यौँ,” राष्ट्रियसभामा नेकपा (एमाले) संसदीय दलका नेता देवेन्द्र दाहालले बाह्रखरीसँग भने ।

दाहालका अनुसार, तोकिएकै मितिमा अध्यक्षको निर्वाचन गर्ने गरी आजको प्रतिनिधिसभा बैठकबाट निर्णय गरिनेछ । अर्थात्, यही फागुन २९ गते राष्ट्रियसभा अध्यक्षको निर्वाचन हुनेछ ।

कांग्रेसबाट प्रतिनिधित्व गरेका राष्ट्रियसभा सांसद आनन्द ढुंगानाले पनि निर्वाचनको मिति परिवर्तन गर्नुपर्ने आफूहरूले माग गरेको बताए । “कार्यतालिका पहिले बनाएको छ, नयाँ मान्छे भर्खर आएका छौँ । हाम्रो भनाइ कार्यतालिका अहिले बनाउनुपर्छ,” उनले भने, “कार्यव्यवस्थाले तय गरेपछि मान्नु नै पर्छ ।”

समयाभावका कारण मत माग्न नपाउने परिस्थिति बनाउन खोजिएको उनले जिकिर गरे । “२१ गते आयौँ, २४ गते सदन चल्यो । आज सदन चल्दै छ । अनि, आजै यो दिन चुनाव यो दिन हुन्छ भनेपछि तयारी गर्ने हामीले समय पाएनौँ नि,” उनले थपे ।

राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचनको दिन तोक्ने र आउँदो आर्थिक वर्ष २०८१/०८२ का निम्ति विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि सभामा छलफल गर्ने समितिको बैठकबाट निर्णय गरिएको छ ।

प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  १२:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro