site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
को बन्लान् राष्ट्रियसभा अध्यक्ष ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । को बन्लान् त राष्ट्रियसभा अध्यक्ष ? माओवादीले राष्ट्रियसभा अध्यक्षकै निम्ति गठबन्धन तोडेको हुँदा यो पद अहिले चर्चामा छ । नयाँ गठबन्धन बन्दा माओवादीले राष्ट्रियसभाको अध्यक्ष पाउने भएसँगै नेताहरूको दौडधुप बढेको छ । नेताहरूका अनुसार राष्ट्रियसभाका अध्यक्ष बन्न तीन नेता आकांक्षी देखिएका छन् । 

राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्याल, राष्ट्रियसभामा मनोनीत नारायण दाहाल र हालै मात्र राष्ट्रियसभा प्रवेश गरेका झक्कु सुवेदी ‘लबिङ’मा छन् ।

संवैधानिक परिषद्मा एक महत्वपूर्ण सदस्य हुने हुँदा माओवादी राष्ट्रियसभा अध्यक्षकै निम्ति गठबन्धन तोड्न उद्यत भएको हो । किनभने संवैधानिक अंग दलीय ‘भागबण्डा’ हुने संवैधानिक परिषदमा ‘आफ्ना मानिस’ नहुँदा समस्या ठानेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

पछिल्लो कालखण्डमा संवैधानिक अंगमा योग्य–इमान्दार होइन दलीय बफादार पात्र खोज्ने क्रमसँगै माओवादीले त्यो प्राप्तिको रणनीति बनाएको हो । पार्टीका स्थायी कमिटी सदस्यद्वय दाहाल र अर्याल मुख्य प्रतिस्पर्धी रहेको एक पदाधिकारी बताउँछन् । उनका अनुसार ६ वर्षे कार्यकाल भएकालाई बनाउने निर्णय भएमात्रै सुवेदीको पनि सम्भावना रहन्छ ।

‘‘उपाध्यक्ष भइरहेको हिसाबले उर्मिला अर्यालको सम्भावना छ । तर, सिनियर नेताका हिसाबले हेर्ने हो भने राष्ट्रियसभामा भएकामध्ये वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठपछि नारायण दाहाल हुन्,” ती पदाधिकारी भन्छन् ।

Global Ime bank

उनको भनाइ छ, “पुराना नेता पनि हुनुभयो । त्यसपछि स्थायी कमिटी सदस्य उर्मिलाजी हो । ६ वर्षे कार्यकाल भएकालाई बनाउने हो भने केन्द्रीय सदस्यको हिसाबले पनि झक्कुजीको सम्भावना रहन्छ । कार्यकाल मात्रै हेर्ने कुरा हुँदैन सक्षम व्यक्ति पठाउनुपर्छ । अहिलेसम्म निर्णय भइसकेको छैन ।”

प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’को भाइ पर्ने व्यक्ति समेत रहेका दाहाल ०७८ फागुन २५ गते राष्ट्रियसभामा मनोनीत भएका थिए । उनको कार्यकाल अब चार वर्ष बाँकी छ । अर्याल ०७८ माघमा राष्ट्रियसभामा निर्वाचित भएकी थिइन् । उनी ०७९ माघ २३ गते राष्ट्रियसभा उपाध्यक्षमा निर्विरोध चयन भएकी थिइन् । एमालेले उपाध्यक्ष पाउने सहमति भएपछि उनले उपाध्यक्ष पद गुमाउने निश्चित छ ।

उपाध्यक्ष पद पनि गुमाउने र मन्त्री बनाउने ठाउँ पनि बाँकी नरहेकाले उनी अध्यक्ष बन्ने सम्भावना रहेको अर्का नेता बताउँछन् । सरकारमा माओवादीले पाउने मन्त्रीले शपथ लिइसकेका छन् ।  

“एमालेले उपाध्यक्ष पद पाउने भएपछि उहाँलाई राष्ट्रियसभाको सदस्य मात्रै बनाउने कुरा नहोला,” ती नेता भन्छन्, “मन्त्री बनाउन ठाउँ पनि बाँकी देखिँदैन । उहाँ नै अध्यक्ष बन्ने सम्भावना प्रबल छ ।”

चुनाव फागुन २९ मा
राष्ट्रियसभाको रिक्त अध्यक्ष पदको निर्वाचन यही फागुन २९ गते गर्ने तयारी भएको छ ।  फागुन २७ गते बस्ने राष्ट्रियसभा बैठकबाट मिति घोषणा हुने संघीय संसद्का सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए ।

राष्ट्रियसभाको बैठक आइतबार दिउँसो १ बजेका लागि बोलाइएको छ । आइतबारको बैठकबाट २९ गतेका लागि चुनावको मिति घोषणा गरिने र २८ गते मनोनय दर्ताको कार्यक्रम तोक्ने निर्णय बिहीबारको कार्यव्यवस्था तथा परामर्श समितिले गरेको हो ।

संसद् सचिवालयको क्यालेन्डरमा पनि २९ गते राष्टियसभाको अध्यक्ष चुन्ने उल्लेख छ । “२७ गतेको बैठकबाट निर्वाचनको मिति र कार्यक्रम तोकिनेछ । २९ गते राष्ट्रियसभाको निर्वाचन हुनेछ,” राष्ट्रियसभा एमाले प्रमुख सचेतक भगवती न्यौपानेले भनिन् । 

६ वर्षे कार्यकाल पूरा गरेर फागुन २० गतेबाट राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना बिदाइ भएपछि रिक्त पदमा चुनाव हुन लागेको हो । माघ ११ गते राष्ट्रियसभाको निर्वाचन हुँदा कायम नेपाली कांग्रेसहितको गठबन्धन राष्ट्रियसभा निर्वाचन अघि नै टुटिसको छ ।
 
नयाँ सत्ता समीकरण बनेपछि फागुन २१ गते नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा) र जनता समाजवादी पार्टी (जसपा) बीच भएको समझदारी ८ बुँदे अनुसार राष्ट्रियसभाको अध्यक्ष माओवादीले पाउनेछ । उपाध्यक्ष एमालेको भागमा परेको छ । 

तर, माओवादीभित्र औपचारिक रूपमा छलफल भने भइसकेको छैन । पार्टीका कोषाध्यक्ष एवं कार्यालय सचिव श्रीराम ढकाल कुनै निष्कर्षमा पुगिनसकेको बताउँछन् । “हामी छलफलमा नै छौँ । कुनै निष्कर्षमा पुगिसकेको छैन । राष्ट्रियसभाको अध्यक्षको उमेदवार पार्टीले टुंगो लगाउँछ,” उनले बाह्रखरीसँग भने । 

राष्ट्रियसभाका उमेदवारका आकांक्षी पनि पार्टीले निर्णय गरिनसकेको बताउँछन् । राष्ट्रियसभाका अध्यक्ष आकांक्षी सुवेदीले पार्टीमा छलफल नै नभएको बताए । 

“पार्टीमा छलफल भइसकेको छैन । पार्टीले निर्णय गर्छ,” उनी भन्छन् । 

गठबन्धनसँग सहजै बहुमत 
राष्ट्रियसभामा सत्ता गठबन्धनको सहज बहुमत छ । ५९ सदस्यीय राष्ट्रियसभामा एकजना मनोनीत गर्न बाँकी छ । जुन सरकारको सिफारिसमा राष्ट्रपतिले गर्नेछन् । 

राष्ट्रियसभामा पहिलो दल माओवादीसँग एकजना मनोनीत र राष्ट्रियसभा उपाध्यक्षसहित १८ सदस्य छन् । एमालेका १० सांसद छन् ।

एकीकृत समाजवादीसँग ८, जसपाका ३ सांसद छन् । सत्ता समीकरण अनुसार अहिलेको सत्ता साझेदार तेस्रो रास्वपाको राष्ट्रियसभामा उपस्थिति छैन । यसरी हेर्दा राष्ट्रियसभाका उपाध्यक्षसहित ३९ सांसद सत्तारुढसँग छ ।

राष्ट्रियसभामा प्रमुख प्रतिपक्षी कांग्रेसका १६ सांसद छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का  एक, राष्ट्रिय जनमोर्चा एक सदस्य छन् । 

त्यस्तै, राष्ट्रपतिबाट मनोनीत वामदेव गौतम छन् । विपक्षीसँग अंकगणित नभएकाले उमेदवार उठाउने या नउठाउने कुनै निर्णय भइनसकेको नेताहरू बताउँछन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८०  १६:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC