site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
होलसेल/रिटेलमा काम गर्नेको औसत तलब १७ हजार, कुन प्रदेशमा कति ?
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । नेपालको ट्रेड (होलसेल तथा रिटेल–थोक तथा खुद्रा) क्षेत्रमा काम गर्नेको औसत मासिक तलब १७ हजार रहेको छ । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार व्यापार क्षेत्रमा काम गर्नेको मासिक तलब औसतमा १७ हजार ३७४ रहेको छ ।

तथ्यांक कार्यालयको ‘नेपाल वितरण व्यापार सर्वेक्षण, २०२२’ अनुसार सबैभन्दा बढी तलब वाग्मती प्रदेशमा छ । वाग्मती प्रदेशमा व्यापार क्षेत्रमा काम गर्नेको ज्याला तथा तलब मासिक औसतमा १८ हजार २०३ रुपैयाँ छ ।

दोस्रोमा कोसी प्रदेशमा १७ हजार २८५ र तेस्रोमा गण्डकी १६ हजार ७८८ रुपैयाँ रहेको छ । चौथोमा सुदूरपश्चिममा मासिक तलब १६ हजार ५४०, लुम्बिनीमा १६ हजार ३५८ र कर्णालीमा १६ हजार ९१ रुपैयाँ छ ।

वितरण व्यापार क्षेत्रमा सबैभन्दा कम मासिक औसत तलब तथा ज्याला मधेस प्रदेशमा १५ हजार ३३९ रुपैयाँ हुने गरेको छ ।

सन् २००८ मा गरेको पहिलो वितरण व्यापार सर्वेक्षणको १४ वर्षपछि कार्यालयले दोस्रो सर्वेक्षण गरेको हो । आर्थिक वर्ष २०७९/०८० को तथ्यांकअनुसार वितरण व्यापार क्षेत्रले कुल गार्हास्थ उत्पादन (जीडीपी)मा १५.३९ प्रतिशत योगदान गर्छ ।

जीडीपीमा दोस्रो ठूलो योगदान गर्ने क्षेत्र भए पनि यहाँ काम गर्नेको तलब तथा ज्यालादारी भने न्यून देखिन्छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८०  १३:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro