site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कानुनले बाटो देखाउनुपर्छ, अहिलेसम्म डरमात्र देखायो : मुख्यमन्त्री कार्की

विराटनगर । कोसीका मुख्यमन्त्री केदार कार्कीले कानुनले सर्वसाधारणलाई बाटो देखाउनुपर्नेमा अहिलेसम्म डरमात्रै देखाउँदै आएको भन्दै असन्तुष्टि जनाएका छन् ।

मुख्य न्यायाधिवक्ताको कार्यालय कोसी प्रदेशको छैटौँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले कानुनले सर्वधरणलाई डर, त्रास देखाउनुभन्दा पनि सहजीकरण गर्नुपर्ने बताएका हुन् ।

“कानुन अपरिवर्तनीय होइन, समय आवश्यकताअनुसार परिवर्तन हुन्छ,” उनले भने, कानुन शासनभन्दा सहजीकरणका लागि हुनुपर्छ,” उनले भने, “प्रदेशमा अहिलेसम्ममा ६ जना मुख्य न्यायाधिवक्ता उत्पादन भइसक्यो । तर, आफू पदमा हुँदा त्यही कानुन ठिक र पदबाट हटेपछि त्यही कानुन गलत भएको भन्दै अदालतमा बहस गरिन्छ । यसरी कसरी संघीयता कार्यान्वयन हुन्छ ?”

उनले आफू सरकारमा रहेसम्म संविधानको अक्षरशः पालना गर्ने प्रतिबद्धता जनाए । सहिदको रगतले लेखिएको संविधानविपरीत सरकारको कुनै पनि काम नगर्ने उनले सुनाए । उनले अहिलेको सरकारले सुशासन र जनताको सेवामा कुनै सम्झौता नगर्ने प्रतिबद्धता जनाए ।

प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  २०:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro