site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
शिवरात्रिको सुरक्षाका लागि चार हजार प्रहरी परिचालन, ड्रोनबाट पनि निगरानी गरिँदै
फाइल तस्बिर ।

काठमाडौं । उपत्यका प्रहरीले महाशिवरात्रि पर्वका लागि सुरक्षा योजना ल्याएको छ । शिवरात्रिको अवसरमा हुनसक्ने सुरक्षा चुनौतीलाई मध्यनजनर राख्दै उपत्यका प्रहरी कार्यालय रानीपोखरीले सुरक्षा योजना ल्याएको हो ।

शिवरात्रिमा पशुपतिनाथ मन्दिर दर्शन गर्न स्वदेश तथा विदेशबाट भक्तजनहरू आउने गरेका छन् । भक्तजनहरूको अत्यधिक भीडमा आपराधिक गतिविधि हुनसक्ने भन्दै प्रहरीले योजना ल्याएको उपत्यका प्रहरी कार्यालयका एसएसपी दिनेशराज मैनालीले जानकारी दिए ।

Dabur Nepal
NIC Asia

बिहीबारदेखि नै काठमाडौं प्रहरी परिसरका एसपी नवराज अधिकारीको कमाण्डमा शिवरात्रिको सुरक्षाका लागि तीन सिफ्टमा तीन हजार ७२ सुरक्षाकर्मी परिचालन गरिएको छ ।

त्यस्तै, सादा पोसाक, सञ्चार, ड्रोन अपरेटर, ट्राफिक व्यवस्थापन गरी चार हजार ९४ प्रहरी प्रत्यक्ष खटिने छन् । त्योबाहेक भीडभाडका कारण कसैलाई समस्या भए उपचारका लागि एम्बुलेन्ससहित प्रहरी अस्पतालबाट चिकित्सक एम्बुलेन्ससहित खटिनेछन् । शिवरात्रि पर्व शुक्रबार (भोलि) छ ।  

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  १७:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro