site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भ्यागुतोलाई जोखेर धार्नी पुग्ला, प्रधानमन्त्री उफ्रिन छोड्नु हुन्न : सीके राउत
Tiktok banner adTiktok banner ad

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘भ्यागुते प्रवृत्ति’ देखाएको आरोप लगाएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा उनले १५ महिनामा तीनपटक सत्ता गठबन्धन परिवर्तन गरिएको भन्दै प्रधानमन्त्रीको यो प्रवृत्तिले राजनीतिलाई स्थिर हुनै नदिने बताए ।

“सत्ता गठबन्धन किन फेर्नु परेछ ? कुनै गहिरो कारण होला भन्ने ठानेको थिएँ । मैले त एउटा सैद्धान्तिक धरातलमा वाम गठबन्धन हुँदै छ भनेर कमेन्ट पनि गरेको थिएँ,” राउतले भने, “प्रधानमन्त्रीको कुरा सुनेपछि त त्यस्तो होइन रहेछ, एउटादुइटा कुर्सी नमिलेर पो रहेछ । राष्ट्रियसभामा एक सिट हारेर पो रहेछ ।”

यस्तै कारण भए पनि आफू भने सकारात्मक रहेको उनले बताए । उनले प्रधानमन्त्रीलाई लिएर कसैले स्थिरता दिन्छु भने त्यो हास्यास्पद हुने टिप्पणी गरे ।

“बरु, भ्यागुतोलाई जोखेर धार्नी पुर्‍याउन सहज होला, प्रधानमन्त्रीलाई कमजोर नठान्नु होला । उहाँ कति बेला उफ्रेर कता पुग्नुहुन्छ अनि प्रदेशसहितको सरकार ढल्छ,” राउतले भने, “उहाँ आफूलाई ‘मिस्टर उथलपुथल’ भन्दै हुनुहुन्छ र दुनियाँको शेषनाग नै आफूलाई दाबी गर्नुहुन्छ । ख्याल गर्नुहोला प्रधानमन्त्रीज्यू, हरेक शेषनागसँगै कृष्णको पनि जन्म भएको हुन्छ ।”

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  १५:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro