site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
दुई छिमेकी राष्ट्रको सम्बन्धलाई सुदृढ बनाउनेछु : परराष्ट्रमन्त्री श्रेष्ठ
Sarbottam CementSarbottam Cement

काठमाडौं । नवनियुक्त उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले पदभार ग्रहण गरेका छन् । बुधबार साँझ राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण गरेसँगै उनले सिंहदरबार पुगेर पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण गर्दै उनले नेपालले कूटनीतिक शिष्टतामा ध्यान दिन आवश्यक रहेको बताए । उनले दुई छिमेकी राष्ट्रको सम्बन्धलाई सुदृढ गर्न, उन्नत बनाउने प्राथमिकताका साथ काम गर्ने बताए । उनले सबै मित्रराष्ट्रसँगको सम्बन्ध मैत्रीपूर्ण बनाउने कुरामा आफ्नो भूमिका रहने बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले वैदेशिक रोजगारीमा रहेका सबै नेपालीहरूको रक्षा गर्ने कुरा आफ्नो कार्यभारका रूपमा लिएको बताए । गैरआवासीय नेपालीहरूको लगानीलाई नेपालको विकासका निम्ति परिचालित गर्न प्रोत्साहित गर्ने पनि उनको भनाइ छ ।

उनले कूटनीतिक आचारसंहिताको कार्यान्वयनमा आफूले विशेष जोड दिने बताए । मन्त्री श्रेष्ठले नेपालको राष्ट्रिय हित अनुकूल हुने वैदेशिक रकम मात्रै स्वीकार गर्ने बताए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  २२:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC