site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सीके राउतको विश्लेषण– वर्तमान सत्ता गठबन्धनको मूल अन्तर्राष्ट्रिय शक्ति केन्द्रसँग जोडियो 
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतले वर्तमान सत्ता गठबन्धन अन्तर्राष्ट्रिय शक्ति केन्द्रको प्रभावमा बनेको टिप्पणी गरेका छन् । राउतले 'बेल्ट एन्ड रोड इनिसियटिभ' (बीआरआई) विस्तारको स्वार्थसँग जोड्दै वर्तमान सत्ता गठबन्धनको मूल चीनसँग जोडिएको दाबी गरे ।

उनले अन्तर्राष्ट्रिय शक्ति केन्द्रको प्रभावसँगै नेपालमा वैचारिक ध्रुवीकरणको पनि सुरुवात भएको बताए ।

“नेपालमा वैचारिक ध्रुवीकरणको सुरुवात भएको छ । शक्ति केन्द्रसँग पनि जोडिएको छ । बीआरआईसँगको स्वार्थ जोडिएर गठबन्धन निर्माण भएको रहेछ,” अध्यक्ष राउतले बाह्रखरीसँग भने, “मूलरूपमा वर्तमान गठबन्धन सत्तासँग मात्र नजोडिएर वैचारिकरूपमा नै निर्माण भएको छ ।”

उनले अन्तर्राष्ट्रिय शक्ति केन्द्रको स्वार्थबाट बनेको गठबन्धनले शक्ति केन्द्रहरूलाई नेपालको राजनीतिमा आमन्त्रण गरेको पनि टिप्पणी गरे ।

“नेपालको सत्ता र गठबन्धन अन्तर्राष्ट्रिय शक्ति केन्द्रसा जोडिन पुग्यो,” राउतले भने, “यसले डेमोक्र्याटहरूलाई ध्रुवीकरणमा जान प्रोत्साहन गर्नेछ । किनभने कम्युनिस्ट र बीआरआईका पक्षहरू एक ठाउँमा उभिइसकेका छन् ।”

उनले नयाँ समीकरणका लागि मार्ग प्रशस्त भए पनि तत्कालै सरकार निर्माणको आधार भने नदेखिएको बताए । त्यसैले प्रतिपक्षमै समीकरण निर्माण हुने र त्यसको विस्तार हुँदै जाने प्रक्षेपण गरे ।

“नयाँ लोकतान्त्रिक गठबन्धन निर्माणको बाटो खुला भए पनि सत्ता र शक्ति केन्द्रको संयुक्त स्वार्थमा संख्या घटिरहेको छ । त्यसैले तत्कालका लागि सरका निर्माण गर्ने सम्भावना कमजोर भएको छ,” उनले भने, “तर, सरकार गठनको मात्र कुरा नभएकाले भोलिका दिनमा पनि लोकतान्त्रिक शक्तिहरूबीचको सहकार्य विस्तारित हुँदै जानेछ ।”
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  २०:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro