site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कसले कुन मन्त्रीको शपथ लिँदैछन् (सूचीसहित) 
फाइल तस्बिर ।

काठमाडौं । सत्ता साझेदार दलमा भएको सहमतिअनुसार आज तीन दलका मन्त्रीहरूले शपथ लिनेछन् । शपथका लागि आज साँझ ५ः४५ बजेको समय निर्धारण भएको छ । जसअनुसार नेकपा (एमाले)बाट रघुवीर महासेठ उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री बन्नेछन् । 

पदम गिरी कानुन न्याय तथा संसदीय मामिलामन्त्री, दामोदर भण्डारी उद्योग वाणिज्य तथा आपूर्ति, ज्वालाकुमारी साह कृषि तथा पशुपंक्षी विकास, बलराम अधिकारी भूमि व्यवस्था तथा सहकारी, हरि उप्रेती रक्षा, भगवती चौधरी महिला बालबालिका तथा ज्येष्ठ नागरिक र राजेन्द्र राई खानेपानी बन्ने गरी कार्यविभाजन भएको छ । 

Argakhachi Cement Island Ad

यस्तै, नेकपा (माओवादी केन्द्र)बाट नारायणकाजी श्रेष्ठ उपप्रधान एवम् परराष्ट्र, वर्षमान पुन अर्थ, शक्ति बस्नेत ऊर्जा तथा जलस्रोत, रेखा शर्मा सञ्चार तथा सूचना प्रविधिमन्त्री र हितबहादुर तामाङ संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बन्ने भएका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रवि लामिछाने उपप्रधान तथा गृह, डोलप्रसाद अर्याल श्रम तथा रोजगार, विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद र सुमना श्रेष्ठ शिक्षामन्त्री बन्ने भएका छन् ।

प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  १७:०३
प्रतिक्रिया दिनुहोस्