देश

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)का उपकुलपतिको सचिवालय तोडफोड गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार (जेठ २७) भक्तपुरबाट दिक्पाल कार्कीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपीलराज बोहराले जानकारी दिए ।
“भक्तपुरबाट दिक्पाल कार्कीलाई समातेका छौँ । उनीमाथि छानबिन हुन्छ,” उनले भने ।
स्नातक तहको भर्ना पुनः खोल्न माग गर्दै यही जेठ १४ गते उपकुलपति सचिवालयमा एक समूहले तोडफोड गरेको थियो ।
प्रहरीका अनसार, सचिवालय तोडफोडपछि त्रिविले कारबाहीको माग गरेको थियो । त्रिविको भर्ना गएको माघमै सकिएको थियो ।
प्रकाशित मिति: मंगलबार, जेठ २७, २०८२ १४:५७
प्रतिक्रिया दिनुहोस्