राजनीति

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव मोहन वैद्यको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पताल प्रशासनले जनाएको छ । उनको १२ दिनदेखि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालको आईसीयूमा उपचार भइरहेको छ ।
उनको अक्सिजनस्तरमा उतारचढाव भइरहेको र चिकित्सकले निरन्तर निगरानी गरिरहेको अस्पतालले जनाएको छ ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव तथा संयोजक रहेका वैद्य पुरानो रोग दम बढेपछि अस्पताल भर्ना भएका थिए ।
उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको पारिवारिक स्रोतले बताएको छ ।
न्युज एजेन्सी नेपालबाट ।
प्रकाशित मिति: मंगलबार, जेठ २७, २०८२ १३:४४
प्रतिक्रिया दिनुहोस्