site stats
बाह्रखरी :: Baahrakhari
देश
करेन्ट लागेर किशोरीको मृत्यु
Argakhachi Cement Island Ad

तनहुँ । जिल्लाको घिरिङ गाउँपालिका–४ गड्यौलीटारमा करेन्ट लागेर एक किशोरीको मृत्यु भएको छ । 

प्रहरीका अनुसार मृत्यु हुनेमा सोही स्थान निवासी १५ वर्षीया निर्मला कुमाल रहेकी छन् । कुमाल महेन्द्रज्योति माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत थिइन् ।

सोमबार रुखमा घाँस काट्ने क्रममा हाइटेन्सन लाइनमा छोइँदा कुमाल सख्त घाइते भएकी थिइन् । कुमालको बेलचौतरास्थित जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए । रासस

प्रकाशित मिति: मंगलबार, जेठ २७, २०८२  १५:०६
प्रतिक्रिया दिनुहोस्