site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नाम पढेपछि अनेरास्ववियुको अधिवेशनमा नाराबाजी– वी वान्ट इलेक्सन

काठमाडौं । नेकपा (एमाले)को विद्यार्थी संगठन अनेरास्ववियुको अधिवेशनको बन्दसत्रमा प्रतिनिधहरूले नाराबाजी गरेका छन् । कीर्तिपुरमा जारी २४औँ महाधिवेशनमा अध्यक्षमण्डलले अनेरास्ववियु अध्यक्षमा सुजन कडरियाको नाम प्रस्ताव गरेपछि नाराबाजी भएको हो । 

अध्यक्ष पदमा कडरियासँगै दीपक धामी, प्रकाश पौडेल, आरती भट्टराई, अञ्जना सिवाकोटीले आकांक्षा राखेका छन् ।

Argakhachi Cement Island Ad

आकांक्षीहरूबीच सहमतिको प्रयास असफल भएपछि अध्यक्षमण्डलले अध्यक्षमा कडरियाको नाम हलमा प्रस्ताव गरेको थियो । अध्यक्षमण्डलले अध्यक्षमा कडरिया, उपाध्यक्षमा प्रकाश पौडेल र अञ्जना सिवाकोटी, महासचिवमा दीपक धामीलाई प्रस्ताव गरेको थियो ।

लगत्तै हलमा 'वी वान्ट इलेक्सन' भन्दै नाराबाजी भएको छ ।
 

प्रकाशित मिति: मंगलबार, जेठ २७, २०८२  १३:१५
प्रतिक्रिया दिनुहोस्