site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
माओवादीको प्रश्न– नागरिकता विधेयकमा सरोगेसीको विषय कसरी समेटिन्छ ?
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले नागरिकता विधेयकमा सरोगेसीको विषय पनि सम्बोधन गर्नुपर्ने बताएका छन् । मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले नागरिकता विधेयकमा सरोगेसीको विषयबारे जिज्ञासा राखेका हुन् ।

"नागरिकताको कुरा गर्दा मेरो दिमागमा एउटा कुरा आएको छ । यो सरकारले हल कसरी गर्छ भन्ने हो । अहिले विज्ञानले विकास गर्दागर्दै सरोगेसी मदरको कुरा आउँछ । सरोगेसीको समस्या नागरिकतामा कसरी समेट्ने ? त्यो नहुँदा त अहिले असजिलो परिरहेको छ," उनले भने ।

Argakhachi Cement Island Ad

प्रमुख सचेतक पाण्डेले नागरिकतासम्बन्धी विधेयकमा व्यापक छलफल गर्न जरुरी रहेको पनि बताए । समितिमा नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा छलफल भइरहेको छ ।

न्युज एजेन्सी नेपालबाट ।

प्रकाशित मिति: मंगलबार, जेठ २७, २०८२  १४:४४
प्रतिक्रिया दिनुहोस्