site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
ओली नै पुगेपछि अब विश्वस्त होलान् माधव नेपाल ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । नयाँ गठबन्धन बनाउँदा छायाँमा परेको नेकपा (एकीकृत समाजवादी)लाई सरकारमा ल्याउनका लागि कसरत भएको छ । सरकार गठन हुँदा बेवास्ता गरिएपछि अन्योलमा रहेको एकीकृत समाजवादीलाई फकाउने रणनीति सत्तापक्षले अख्तियार गरेको छ ।

मंगलबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरू अध्यक्ष माधवकुमार नेपाल निवास पुगेका थिए । प्रचण्ड र ओलीसँगै एमालेका उपाध्यक्ष विष्णु पौडेल महासचिव शंकर पोखरेल पनि थिए ।

छलफलमा एकीकृत समाजवादीको तर्फबाट महासचिव घनश्याम भुसाल र उपाध्यक्ष प्रमेश हमाल सहभागी थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

छलफलमा प्रचण्ड र ओलीले सँगै मिलेर जाने प्रस्ताव गरेका छन् । सरकारमा सहभागी हुन उनीहरूको प्रस्ताव छ । एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले मिलेर जाने प्रस्ताव आएको जानकारी दिए ।

“हामी सँगै जाऔँ भन्नुभयो । वामहरू एक ठाउँ भएर लोकतान्त्रिक शक्ति अघि बढाउने कुरामा जे कुरा भयो । सेयरिङ सकारात्मक छौँ,” उनले भने ।

Global Ime bank

भुसालले सरकारमा जाने विषयमा पनि सकारात्मक रहेको संकेत गरे ।

एकीकृत समाजवादीले बुधबार बिहान ११ बजे सचिवालयको बैठक बोलाएको र त्यस बैठकबाटै निर्णय गर्ने जवाफ दिएको छ । 

एमालेका महासचिव शंकर पोखरलले पनि वार्ता सकारात्मक भएको र बुधबार निर्णय गर्ने जवाफ आएको जानकारी दिए । 

“हामीले उहाँलाई अनुरोध गरेका छौँ । भोलि बैठक बसेर जवाफ दिनुहुने भन्नुभएको छ । सकारात्मक छ । यो प्रक्रियामा सहमत सबै पक्षलाई भनेका छौँ,” उनले भने ।

बैठकमा सहभागी एकीकृत समाजवादीका उपाध्यक्ष हमालले आज सैद्धान्तिक प्रस्ताव आएको बताए । 

“आज मिलेर जाऔँ भन्ने प्रस्ताव राख्नुभएको छ,” उनले भने, “कुन–कुन कुरामा मिलेर जान सकिन्छ भन्ने कुरा आज राख्नुभएको छैन । सैद्धान्तिक छलफल भएको छ ।”

बुधबार बिहान बस्ने बैठकबाट नै निर्णयमा पुगिने हमाल बताउँछन् । 

नेपाली कांग्रेससँगको गठबन्धन तोडेर प्रधानमन्त्री प्रचण्डले नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा)को गठबन्धन निर्माण गर्दा माधव नेपालसँग छलफल गरेका थिएनन् । गठबन्धन गर्दा नभनेकोमा आज पनि अध्यक्ष नेपालले असन्तुष्टि जनाएका थिए । जहिले आफूहरूलाई बेवास्ता गरिएको उनको गुनासो थियो ।

सोमबार साँझ नै प्रधानमन्त्री प्रचण्ड नारायणकाजी श्रेष्ठलाई साथमा लिएर कोटेश्वर पुगेका थिए । त्यसअघि एमाले अध्यक्ष ओलीले फोन गरेका थिए । उनीहरूले सरकारमा सहभागी हुन आग्रह गरेका थिए ।

गठबन्धनप्रति एकीकृत समाजवादी आश्वस्त बन्न सकेको थिएन । त्यसपछि आज ओलीसहितका नेता पनि कोटेश्वर पुगेका हुन् । अब भने नेपाल आश्वस्त हुने विश्वास गठबन्धनका नेताहरूमा देखिन्छ । पार्टी विभाजनपछि बिग्रिएको ओली–नेपाल सम्बन्धमा एमालेका नेताहरूको भेट अर्थपूर्ण रहेको नेताहरूको भनाइ छ ।

एकीकृत समाजवादीका सचिव जीवनराम श्रेष्ठ भने अहिले सकारात्मक र नकारात्मक भन्ने पनि परिस्थिति बनिनसकेको बताउँछन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  २२:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !