site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
अझै सुरु हुन सकेन गठबन्धनको बैठक, ओली र यादव बालुवाटार पुगे

काठमाडौं । सत्ता गठबन्धनको बैठकका लागि नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव बालुवाटार पुगेका छन् ।

गठबन्धनमा आबद्ध दलहरूको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको थियो । तर‚ सवा ४ भइसक्दा पनि बैठक सुरु हुन सकेको छैन । 

आजको बैठकमा गठबन्धन दलहरूबीच मन्त्रालयको भागबन्डा टुंगो लगाउने तयारी छ । 

सोमबारमात्र प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपाली कांग्रेस‚ नेकपा (एकीकृत समाजवादी) लगायत दलहरूसँगको गठबन्धन भत्काएर नयाँ गठबन्धन बनाएका छन् । जसमा एमाले‚ राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा सहभागी छन् ।

गठबन्धनबाट तीन जना बिनाविभागीय मन्त्री बनिसकेका छन् ।
 

प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  १६:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro