राजनीति

काठमाडौं । नेकपा (एमाले)ले महेश बर्तौलालाई *प्रमुख सचेतक बनाएको छ । सचेतक रहेका उनलाई प्रमुख सचेतकमा बढुवा गरिएको एमाले स्रोतले जानकारी गराएको छ ।
सचेतकमा सुनिता बराललाई चयन गरिएको छ । प्रमुख सचेतक यसअघि पदम गिरी थिए । उनी नयाँ गठबन्धन सरकारमा मन्त्री बनेपछि बर्तौलालाई प्रमुख सचेतक बनाइएको हो ।
उनको बढुवा भएपछि रिक्त स्थानमा बराललाई सचेतकमा नियुक्त गरिएको स्रोतले जानकारी गरायो ।
*प्रमुख हुनुपर्नेमा यसअघि मुख्य भएकाले सच्याइएको छ ।
प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८० १५:२३
प्रतिक्रिया दिनुहोस्