खेल
काठमाडौं । त्रिदेशीय ट्वान्टी–२० शृंखलाको फाइनलमा नेदरल्यान्ड्सविरुद्ध नेपाललाई अभिनाश बोहराले तेस्रो सफलता दिलाएका छन् ।
मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको १८५ रनको लक्ष्य पछ्याइरहेको नेदरल्यान्ड्सका विक्रमजित सिंहलाई बोहराले कुशल मल्लबाट क्याच गराए । विक्रमजितले नेदरल्यान्ड्सका लागि २९ रन बनाए ।
जारी खेलको १६ ओभर समाप्त हुँदा नेदरल्यान्ड्सले तीन विकेट गुमाएर १४१ रन बनाएको छ ।
त्यसअघि टस जितेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १८४ रनको योगफल खडा गरेको थियो ।
प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८० १४:३२
प्रतिक्रिया दिनुहोस्