site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
कुशल मल्लले एकै ओभरमा लिए दुई विकेट, तोडे ८३ रनको साझेदारी 

काठमाडौं । त्रिदेशीय ट्वान्टी–२० शृंखलाको फाइनलमा नेदरल्यान्ड्सविरुद्ध नेपाललाई कुशल मल्लले एकै ओभरमा दुई विकेट लिएका छन् ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको १८५ रनको लक्ष्य पछ्याइरहेको नेदरल्यान्ड्सका ओपनर म्याक्स ओ‘डोडलाई कुशलले ८.१ ओभरमा दीपेन्द्रसिंह ऐरीबाट क्याच गराए । 

Dabur Nepal
NIC Asia

ओ‘डोडले डच टिमका लागि २२ रन बनाए । सोही ओभरको पाँचौँ बलमा विस्फोटक ब्याटिङ गरेका अर्का ओपनर माइकल लेभिटलाई कप्तान रोहितकुमार पौडेलबाट क्याच गराए । लेभिटले २९ बलमा ६ चौका र तीन छक्कासहित ५४ रन बनाए । 

लेभिट र ओ‘डोडले पहिलो विकेटका लागि ८.५ ओभरमा ८३ रनको साझेदारी गर्दै नेदरल्यान्ड्सलाई उत्कृष्ट सुरुआत दिलाएका थिए ।

जारी खेलको नौ ओभर समाप्त हुँदा नेदरल्यान्ड्सले दुई विकेट गुमाएर ८४ रन बनाएको छ । 

त्यसअघि टस जितेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १८४ रनको योगफल खडा गरेको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  १४:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro