site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नेपालले नेदरल्यान्ड्सलाई दियो १८५ रनको लक्ष्य

काठमाडौं । त्रिदेशीय ट्वान्टी–२० शृंखलाको फाइनलमा घरेलु टोली नेपालले नेदरल्यान्ड्ससामु १८५ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १८४ रनको योगफल खडा गर्‍यो । 

नेपालबाट ओपनर आसिफ सेखले सर्वाधिक ४७ रन बनाए । खेलको सुरुआतमै आसिफले जीवनदान पाएका थिए । नेदरल्यान्ड्सका भिभियन किंग्माले गरेको बल २.१ ओभरमा दुई रनमा खेलिरहेका आसिफको क्याच माइकल लेभिटले मिस गरेका थिए । 

२३–१ को अवस्थाबाट आसिफले कप्तान रोहितसँग ३५ बलमा ५९ रनको साझेदारी गर्दै नेपालको इनिङ उकासेका थिए । ९.२ ओभरमा आउट हुनुअघि रोहितले १९ बलमा तीन चौका र एक छक्कासहित २५ रन बनाए ।

यसपछि ८२–२ को अवस्थाबाट आसिफले तेस्रो विकेटका लागि गुल्सन झासँग ४३ रनको साझेदारी गर्दै नेपाललाई अघि बढाएका थिए । अर्धशतक बनाउन तीन रनले चुकेका आसिफले ३७ बलमा एक चौका र तीन छक्का प्रहार गरे । गुल्सनले टिमको खातामा ३४ रन बनाए । १८.१ ओभरका फ्रेड क्लासेनबाट आउट हुनुअघि गुल्सनले ३५ बलमा तीन छक्का प्रहार गरे ।

खेलको १७औँ ओभर समाप्त हुँदा नेपाल १५८–४ को स्थितीमा थियो । तर, यसपछि १८औँ र १९औँ ओभरमा दुई–दुई विकेट गुमाएपछि घरेलु टिमविरुद्ध नेदरल्यान्ड्सले दबाब बनाएको थियो ।

नेदरल्यानन्ड्सका माइकल लेभिट, साइब्रान्ड एन्गलब्रेट, फ्रेड क्लासेन र टिम भान डेर गुग्टेनले समान दुई विकेट लिए ।ट्वान्टी–२० विश्वकपको तयारीका लागि आयोजित शृंखलामा नेपाल, नेदरल्यान्ड्स र नामिबियाले सहभागिता जनाएका थिए ।
 

प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  १३:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro