खेल
काठमाडौं । त्रिदेशीय ट्वान्टी–२० शृंखलाको फाइनलमा नेदरल्यान्ड्सविरुद्ध नेपालले चौथो विकेट गुमाएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको नेपालले १४.३ ओभरमा दीपेन्द्रसिंह ऐरीलाई गुमाएको हो । दीपेन्द्रले टिमको खातामा एक रनमात्र थपे ।
जारी खेलको १५ ओभर समाप्त हुँदा नेपालले चार विकेट गुमाएर १३३ रन बनाएको छ । त्यसअघि नेपालले कुशल भुर्तेललाई व्यक्तिगत २० र कप्तान रोहितकुमार पौडेललाई २५ रनमा गुमाएको थियो ।
ट्वान्टी–२० विश्वकपको तयारी स्वरुप आयोजित शृंखलामा नेपाल र नेदरल्यान्ड्ससँगै नामिबियाको सहभागिता थियो ।
प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८० १२:४१
प्रतिक्रिया दिनुहोस्